समानुपातिकतर्फ एमालेको २५ लाख कट्यो : माओवादी फेरि चौथो नम्बरमा, एकीकृत समाजवादीलाई ३ लाख पुर्याउन सकस
Ujyaaloonline.com · Sun Nov 27 23:56:21 GMT 2022
काठमाण्डौ – समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ ।
हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ । त्यस्तै राप्रपाको ५ लाख ४२ हजार, जसपाको ३ लाख १४ हजार, जनमत पार्टीको २ लाख ५१ हजार र एकीकृत समाजवादीको २ लाख ४७ हजार मत आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)