मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीलंका टापुबासीको पीडा : उदयपुरले हेर्दैन, सुनसरीले दिँदैन

nepalsamaya.com · Fri Dec 17 00:43:25 GMT 2021

श्रीलंका टापु (सुनसरी) –

सुनसरी बराहक्षेत्र नगरपालिका ६ श्रीलंका टापुका विनोद मण्डल स्थानीय सरकारबाट पाउने सुविधा पाउन नसकेको बताउँछन्। नगरबासी भएर पनि नगरको सुविधा अन्य वडाको तुलनामा पाउन नसकेको उनको गुनासो छ। सामान्य सुविधाबाट पनि वञ्‍चित हुनु परेको मण्डलको भनाई छ। मण्डलका अनुसार टापुबासीले बिजुलीको प्रयोग गर्न थालेको एक वर्ष भयो। एक वर्ष अघिसम्म विद्युतको पनि सुविधा आफूहरुले पाउन नसकेका उनको गुनासो छ। मण्डलले नगरको सुविधा २५ प्रतिशत मात्रै श्रीलंका टापुमा आईपुग्‍ने बताए। उनले भने, '७५ प्रतिशत सुविधा उतै रहन्छ, २५ प्रतिशत मात्र आइपुग्छ।’ विकटताको कारण आफूहरुले नगरबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)