मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिजुली तार भूमिगत गर्ने काम पुनः सुरु

ekantipur.com · Sat Jan 27 01:06:30 GMT 2024

काठमाडौँ — गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकालगायत क्षेत्रमा बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिए पनि विभागले सडक खन्न अनुमति नदिँदा गत असारदेखि मंसिरसम्म ठप्प भएको प्राधिकरणले जनाएको छ ।

नगरपालिकाअन्तर्गतका सडकमा भने विद्युत् तार भूमिगत गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म मध्य तथा उत्तर वितरण प्रणालीको भौतिक प्रगति ७४ र खर्च ७४.३५ प्रतिशत छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिणको भौतिक प्रगति ७०.४९ प्रतिशत छ । काठमाडौं उपत्यका पश्चिमको ७०.३३ प्रतिशत छ । काठमाडौं उपत्यका ललितपुर तथा भक्तपुरको भौतिक प्रगति २७.९८ प्रतिशत छ । भरतपुर–पोखराको भौतिक प्रगति ४३.६३ प्रतिशत छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)