मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने

barnanmedia.com · Sat Jul 20 21:34:07 UTC 2024

सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ ।

एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्कोको यात्रामा तपाईंलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौँ । विगत २४ घण्टा कठिन थियो र यस अवधिमा धैर्यताको लागि धन्यवाद ।’ यात्रुलाई छिटोभन्दा छिटो सान फ्रान्सिस्को पुग्ने व्यवस्था गर्नु आफ्नो प्राथमिकता रहेको र यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा राहत उडान पठाएको पनि एयरलाइन्सले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)