कोलकातामाथि बेंगलोरको रोमाञ्चक जित
ekantipur.com · Thu Mar 31 00:44:52 GMT 2022
काठमाडौँ — श्रीलंकाली खेलाडी वानिन्डु हसरन्गाले २० रन खर्चेर चार विकेटको उत्कृष्ट प्रदर्शन गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले बुधबार इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्समाथि तीन विकेटको रोमाञ्चक जित निकालेको छ
हसरन्गाको धारिलो लेग स्पिन आक्रमण अगाडि कोलकाता १८.५ ओभर भित्र अलआउट भएको थियो । जवाफमा बेंगलोर चार बल बाँकी रहँदा सात विकेट गुमाएर जितसम्म पुग्न सफल रह्यो । खेलको अन्त्य भने नाटकीय रह्यो र फास्ट बलर टिम साउथी तथा उमेश यादवले पाँच विकेट लिएपछि बेंगलोर दबाबमा आएको थियो । तर अन्त्यमा सेरफन रथरफोर्डले २८ र दिनेश कार्तिकले नटआउट रहेर १४ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)