प्रशिक्षणको औपचारिक सुरुआत
ekantipur.com · Sat Jul 15 16:37:55 GMT 2023
काठमाडौँ — एनआरएस स्पोर्ट्स फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहनेहरुका लागि प्रशिक्षणको शनिबार सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षण उद्घाटन गरे ।
दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागी गराउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्ट्स फाउन्डेसनले प्रशिक्षण संचालन गरेको एनआरएस स्पोर्ट्स फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)