सुनिता र बालेनको निरन्तर अग्रता काठमाडौं महानगरमा
nepalghatana.com · Thu May 19 17:34:00 GMT 2022
काठमाडौं महानगर प्रमुखमा २२ हजार ९६५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायमै रहेको छ । महानगरको निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार साँझ ७ बजेसम्म ६० हजार ८९० मतगणना हुदा नेकपा (एमाले) का स्थापितको मत १२ हजार १२० र नेपाली कांग्रेसकी सिर्जना सिंहको ११ हजार ४१४ मत प्राप्त भएको छ ।
प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले एक हजार ९७८, स्वतन्त्र उम्मेदवार सुमन सायमीले एक हजार ३५९ मत ल्याउनुभएको छ । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा २१९, मादलमा ३९, चक्का पाङ्ग्रोमा १९, दाबसहितको खुकुरीमा सात, कुखुराको भालेमा सात, खानेपानीको धारामा २३, किताबमा ८५, हृदयमा १५, कि–बोर्डसहितको कम्युटरमा एक, सांचोमा सात, पुतलीमा चार, भुँइकटरमा एक मत प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)