आफ्नै बुबाको अन्तिम संस्कारमा किन देखिएनन् इरानका नयाँ सर्वोच्च नेता?
nagariknews.nagariknetwork.com · Sun Jul 05 05:31:33 GMT 2026

गत फेब्रुअरीमा भएको अमेरिका-इजरायली हवाई आक्रमणमा आफ्ना बुबाको मृत्यु भएयता दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा एवं उत्तराधिकारी मोज्तबा खामेनी सार्वजनिक रूपमा देखिएका छैनन्।
इरानी अधिकारीका अनुसार ५६ वर्षीय मोज्तबाले तेहरानमा जारी आफ्ना बुबाको छ दिने अन्तिम संस्कारमा भाग नलिने भएका छन्। अल जजीरा का अनुसार इजरायली पक्षबाट ज्यान मार्ने धम्की आएकाले सुरक्षा चिन्ताका कारण उनले समारोहमा उपस्थित नहुने निर्णय लिएका हुन्। एपीका अनुसार खामेनीका छोराहरू मसूद, मैसम र मुस्तफाले दिवंगत सर्वोच्च नेताको प्रार्थनामा सहभागि भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)