मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रेरक प्रसंग : बालकको बहादुरी

nayapatrikadaily.com · Mon Mar 18 00:21:00 GMT 2024

उहिल्यै इंग्ल्यान्डमा नेल्सन नामका एक १२ वर्षीय बालक थिए । उनका मामा जहाजका नाविक थिए । उनी पनि सानै उमेरमा आफ्ना मामासँगै जहाजमा गएर काम सिक्न थाले । बिस्तारबिस्तारै उनी एक चतुर नाविक बने । जब उत्तरी धु्रवको खोजका लागि रेसहर्स नामक जहाज पठाइयो, तब नेल्सनले पनि सो जहाजमा नाविकका रूपमा काम गर्ने अवसर पाए । उनी खुसीसाथ सो यात्रामा निस्किए ।

उत्तरी ध्रुव प्रदेशमा समुद्रलाई बर्फिलो चट्टानले ढाकिरहन्थ्यो र हरसमय समुद्रमा भयंकर जीवजन्तुको आक्रमण हुने भय रहन्थ्यो । एक दिन जहाज अड्याएर राखिएको थियो । नेल्सन आफ्ना एकजना साथीसँग घुम्नका लागि निस्किए । केही टाढा पुगेपछि उनको उउटा भयानक भालुसँग मुठभेड भयो । नेल्सन त्यस भालुलाई निसाना बनाएर दनादन गोली बर्साउन थाले, जब कि उनका साथी कप्तान अन्य नाविकलाई खबर गर्न जहाजतिर दौडिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)