एनआरएनए चुनाव मंसिर २९ गते गर्ने निर्णय
nepalpress.com · Fri Nov 19 17:21:15 GMT 2021
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित चुनाव मंसिर २९ गते (डिसेम्बर १५) मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् ।
यसअघि स्थगित भएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० (पुस ४ र ५ गते) काठमाडौंमा भौतिकरुपमा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)