एमालेले जनयुद्ध मान्दैन्, योगेश भट्टराईमाथि ज्यादती हुनु एमालेमाथिकै ज्यादती हो : विष्णु रिजाल
reportersnepal.com · Fri Aug 30 17:06:04 UTC 2024

काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले आफ्नो पार्टीेले जनयुद्ध नमान्ने बताएका छन् । उनले जनयुद्धलाई एमालेले माओवादी हिंसा मान्दै आएको उल्लेख गरेका छन् । यही कुरा योगेश भट्टराईले संसद्मा बोल्दा व्यक्तिगत रुपमा भट्टराईमाथि तुच्छ प्रकारका लाञ्छना लगाउने, चरित्र हत्या गर्ने र असान्दर्भिक विषयवस्तुहरु उछाल्ने र मनोबल कमजोर बनाउने प्रयास गरिएको उल्लेख गरेका छन् । उनले योगेशमाथि ज्यादती हुनु एमालेमाथि नै ज्यादती भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)