आविष्कारको जननी
annapurnapost.com · Fri Dec 16 01:24:00 GMT 2022
कागलाई निकै तिर्खा लाग्यो। ऊ पानीको खोजीमा यताउता उड्न थाल्यो। तर उसले कतै पानी पाएन। अतः ऊ निकै उदास भएर एक ठूलो रूखको हाँगामा बस्यो। अचानक कागको दृष्टि निकै परको स्थानमा रहेको एउटा बगैंचामा प¥यो। अतः पानी पाउने आशामा ऊ उडेर त्यहाँ पुग्यो। चारैतर्फ हेरिसकेपछि उसले नजिकै एउटा गाग्री देख्यो।
काग उडेर गाग्रीमा बस्यो। उसले गाग्रीमा थोरै पानी देख्यो। प्रसन्न भएर उसले निहुरिएर पानी पिउने प्रयत्न ग¥यो। तर उसको चुच्चो पानीसम्म पुग्न सकेन। त्यही पनि कागले हिम्मत हारेन। उसले शान्त मनले समस्यामाथि विचार गर्न थाल्यो। अचानक उसको दिमागमा एक उपाय आयो। उसले पानीलाई माथि उठाउन गाग्रीमा स–साना ढुंगाहरू हाल्ने सोच बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)