मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

प्रतिबद्धताअनुसार खोप भित्र्याऊ

rajdhanidaily.com · Thu Jun 24 23:20:54 GMT 2021

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै नेपालले सरकारी तहबाटै विदेशी संघसंस्था तथा मित्र राष्ट्रहरूसँग खोपको सहयोग प्रतिबद्धताका लागि अनुरोध गरेको थियो । सोही प्रतिबद्धताअनुरूप नेपालमा खोप भित्रिने अपेक्षा पनि गरिएको थियो । तर, अपेक्षाअनुरूप खोप भित्रिन सकेन । यसले नेपाललाई महामारीको दोस्रो लहरको प्रभाव कम गर्न र तेस्रो लहर रोक्न पु¥याउनुपर्ने सहयोग हुन सकेन । दोस्रो लहर फैलिएसँगै आजभन्दा ६ महिनाअघि सरकारले कूटनीतिक तवरमा सबैसँग खोप सहयोगका लागि अनुरोध गरिसकेको थियो । तदनुरूप अनुरोध गरिएका राष्ट्रहरूले पनि नेपाललाई आवश्यक खोप सहयोग गर्न सक्ने प्रतिबद्धता जनाएका थिए । तर, भनेअनुरूप प्रतिबद्धता पूरा नहुँदा गरिएको प्रतिबद्धता र सरकारले गरेको पहलमा आशंका उब्जिएको छ । यस्तो, आशंकाले जनताको जनस्वास्थ्यसँग सम्बन्धित अधिकार सुनिश्चित हुन नसकेको आभाष दिलाएको छ । सरकारले गरेको अनुरोधसँगै निरन्तर पहल कदमी लिन कमी रहन गयो वा प्रतिबद्धता व्यक्त गरेका राष्ट्रहरूले नै बाचाअनुसारको सहयोग गर्न मानेनन् । त्यो भने अनुमानको विषय बनेको छ । तर, जनस्वास्थ्यसँग सम्बन्धित कुरामा राष्ट्र तथा अन्तर्राष्ट्रिय आश्वासनमा भन्दा काम कार्यान्वयनमा गम्भीर बन्नैपर्ने देखिन्छ ।

अहिले खोप नै महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी रोकथामको उपाय देखिन आएको छ । जनताले जनस्तरबाटै खोपको व्यापक मात्रामा प्रयोगको अपेक्षा गरिरहेका र सरकारले बाचा गरेअनुरूप आफ्नो प्रतिबद्धता पूरा गर्न नसकिरहेको अवस्थामा वैदेशिक निकाय तथा मित्रराष्ट्रहरूले गर्ने सहयोग समयमा हुन नसक्नुले सरकारको काम गराइप्रति अविश्वास निम्त्याएको छ । यो अविश्वास न्यूनीकरण गर्न सरकारले आफंैले पनि आवश्यक खोपको मात्रा भिœयाउने र प्रतिबद्धता जाहेर गरेका देशबाट खोप ल्याउने कुरामा जोड दिनैपर्छ । पहल आवश्यक परेको बेलामा लिएमा त्यसको प्रभावकारिता अवश्य पनि बढी नै रहन्छ । तर, समयमै पहल लिन सकिएन भने त्यसले पार्ने नकारात्मक प्रभाव सोचेभन्दा बढी नै हुन सक्छ । यो कुरालाई मध्यनजर गरी सरकारले कोरोना खोप सहयोगका लागि प्रतिबद्ध देशहरूबाट खोप प्रदान गर्न प्रयासलाई निरन्तरता दिनैपर्छ । त्यसो त सरकारले अनुदान सहयोगका साथै आफूले किनेर लिनुपर्ने खोप सम्झौता कुन देशबाट के कति भएका छन् ? तीनबारे अपडेट रहनैपर्छ । यसले मात्र जनस्वास्थ्य सुरक्षाप्रति सरकारको चासो व्यक्त गर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)