मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रहेनन् जुझारु नेता जोशी

ekantipur.com · Sat Mar 27 01:19:39 GMT 2021

काठमाडौँ — मस्तिष्कघात भई एक महिनादेखि उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको बिहानदेखि नै मुटुले काम गर्न छाडेको थियो । उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

कांग्रेसमा जुझारु नेताको छवि बनाएका जोशी कसैलाई नचिढाउने, शान्त र भद्र स्वभावका थिए । राजधानीमा लोकप्रिय नेतामध्येमा पर्ने उनले तीनवटा संसदीय निर्वाचनमा भाग लिएकामा दुई पटक जित र एक पटक हार व्यहोरे । २०६४ को पहिलो संविधानसभा निर्वाचन कांग्रेसका लागि प्रतिकूल हुँदा पनि उनी विजयी भएका थिए । त्यसपछि २०७० को दोस्रो संविधानसभा निर्वाचन पनि उनले जिते । २०७४ को चुनावमा काठमाडौंको निर्वाचन क्षेत्र नं ८ मा उनी एमालेका उम्मेदवार जीवनराम श्रेष्ठसँग ४ सय ४४ मतले हारेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)