उम्मेदवार संख्या एक लाख नाघ्यो, मधेस प्रदेशमा सबैभन्दा बढी
ekantipur.com · Mon Apr 25 17:35:11 GMT 2022
काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको संख्या एक लाख नाघेको छ । आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक निर्वाचन आयोगको प्रणालीमा सोमबार राति ११ बजेको सार्वजनिक गरेको छ । जसमा उम्मेदवार संख्या एक लाख नाघेको छ ।
पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक लाख, चार हजार, एक सय २३ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)