‘ग्रे लिस्टबाट बाहिरिन सुधारमा केन्द्रित हुनु पर्छ’
gorkhapatraonline.com · Thu May 21 00:32:10 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपिजी) का प्रतिनिधिबिच छलफल भएको छ । आयोगको कार्यालयमा बुधबार नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’ बाट बाहिरिने सन्दर्भमा छलफल भएको हो ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार एपिजीका तर्फबाट डेलिगेसन प्रमुख डेबिड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको भेटमा सहभागी हुनुहुन्थ्यो । एपिजीका डेलिगेसन प्रमुख साननले नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिरिनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे चर्चा गर्नुभयो । उहाँले इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुपले परिमार्जन गरेको कार्ययोजना दृढताका साथ पालना हुनुपर्ने, राष्ट्रिय जोखिम मूल्याङ्कनको कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने र बढी जोखिमपूर्ण देखिएका क्षेत्रमा सुधारकेन्द्रित हुनुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)