देशभर ६० क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू
newsofnepal.com · Sun Mar 05 00:51:13 GMT 2023
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाको कीर्तिपुरस्थित आयुर्वेद र उपत्यका बाहिर लमजुङ कृषि क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले विद्यार्थी संगठनबीच निरन्तर झडप भएकोले लमजुङ कृषिमा क्याम्पसमा निर्वाचनको कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो । आयुर्वेद क्याम्पमा तालाबन्दी भएकोले हाललाई कार्यक्रम स्थगित गरिएको छ । दुवै क्याम्पसले स्थगित भएको ३० दिनभित्रमा पुनः निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)