नवनियुक्त गृहमन्त्री रमेश लेखकका २ प्रेस सल्लाहकार
barnanmedia.com · Sat Jul 20 22:00:14 UTC 2024

हालै मुलुकको नयाँ गृहमन्त्री बनेका सुदूरपश्चिमस्थित कञ्चनपुरका काँग्रेस नेता समेत रहेका रमेश लेखकले २ सल्लाहकार राखेको विषय सार्वजनिक भएको छ।
लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र शेरबहादुर सिंहलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको विषय सार्वजनिक भएको हो।अहिले उनीहरू दुबैलाई बधाईको ओइरो लागेको छ। उसो त गृहमन्त्रीको सल्लाहकार बन्न हानाथाप चलेको बताइन्छ। हाल बधाई खाइरहेका एकजना पत्रकार कञ्चनपुर घर भएका सिंह राससको सरकारी कर्मचारी हुन् भने अर्का भट्ट अछामका स्थायी बासिन्दा भएकोमा काठमाडौंकै एक मिडियामा कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)