नेपाल–इजरायल मित्रता विकास र समृद्धि साझा आकाङ्क्षा
gorkhapatraonline.com · Thu May 21 00:40:54 GMT 2026

इजरायलले बुधबार आफ्नो ७८ औँ स्वतन्त्रता दिवस मनाएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौँस्थित इजरायली दूतावासले बुधबार साँझ आयोजना गरेको विशेष समारोहको उद्घाटन गर्नुभयो । सो अवसरमा नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले समारोह इजरायलको राष्ट्रिय दिवस मात्र नभई नेपाल इजरायलको मित्रता, सहकार्य, विकास र समृद्धिको साझा आकाङ्क्षासमेत भएको बताउनुभयो ।
राजदूत बासले इजरायलको नवीनतम सोच र प्रविधिबाट आज विश्वजगत् लाभान्वित भइरहेको चर्चा गर्नुभयो । इजरायलले साइबर सुरक्षाको क्षेत्रमा विश्वलाई नै नेतृत्व प्रदान गरिरहेको उहाँको भनाइ थियो । उहाँले इजरायल कृषि क्षेत्रको विकासमा थप अगाडि बढिरहेको बताउँदै हालै विकास गरेको चेरी टमाटोले त्यहाँको सिर्जनशीलता र अनुसन्धानलाई नयाँ तहमा पु¥याएको दाबी पनि गर्नुभयो । उहाँले नेपाल र इजरायल दुवै साना देश भएकाले शिक्षामा बढोत्तरी, नवप्रवर्तन लगानी, लचिलोपनाबाटै विकास र समृद्धिमा अघि बढ्नुपर्ने पनि बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)