खामेनीको अन्त्येष्टिमा ट्रम्पको टिप्पणी : चाहेमा एकै आक्रमणमा सबै नेतृत्व समाप्त पार्न सक्छु
annapurnapost.com · Sun Jul 05 05:49:00 GMT 2026

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी रहेको खामेनीको अन्त्येष्टि कार्यक्रमबारे नयाँ अभिव्यक्ति दिएका छन् । उनले यदि चाहेको भए एकै आक्रमणमा इरानको बाँकी नेतृत्वलाई समाप्त पार्न सक्थे, तर उनले इरानले वार्ता गर्न चाहेकाले त्यसो नगरेको बताएका छन् । ट्रम्पले खामेनीप्रति श्रद्धाञ्जली दिन उपस्थित मानिसहरूको रुवाइलाई व्यङ्ग्य गर्दै भनेका छन्, ‘सायद यी नक्कली आँशु हुन् ।’
ट्रम्पको यो टिप्पणी दुवै देशबीच शान्ति सम्झौता धेरै हदसम्म लागू भइसकेको अवस्थामा आएको हो । ४ जुलाईदेखि इरानमा दिवंगत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रमहरू भइरहेका छन् । यी कार्यक्रममा एकै स्थानमा इरानको लगभग सम्पूर्ण नेतृत्व उपस्थित हुने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)