विमानस्थलस्थित अध्यागमनका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : अनिवार्य ढाका टोपी लगाउनू
annapurnapost.com · Sun Jul 05 05:49:42 GMT 2026

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई अनिवार्यरूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। स्रोतका अनुसार शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले नेपाली मौलिकता र राष्ट्रिय पहिचान झल्किने गरी कार्यालय समयमा कर्मचारीलाई ढाका टोपी लगाउन निर्देशन दिएका हुन्।
गुरुङले विमानस्थल विदेशी नागरिकले नेपाल प्रवेश गर्दा सबैभन्दा पहिले देख्ने स्थान भएकाले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवाले देशको छवि निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्। गृहमन्त्री गुरुङले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाहसँगै नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त निर्देशन दिइएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)