चिनियाँ जनताद्वारा मस्कको अन्तरिक्ष कार्यक्रमप्रति व्यापक आलोचना
baahrakhari.com · Tue Dec 28 00:29:00 GMT 2021
बेइजिङ । टेस्ला कम्पनीका संस्थापक तथा अर्बपति एलोन मस्कको स्टारलिंक कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिएका भूउपग्रहरुसँग आफ्नो स्पेस स्टेसन ठोकिनबाट बच्नका लागि कठिन मिहेनत गर्नुपरेको भन्दै चीन सरकारले गुनासो गरेपछि चिनियाँ जनताले अनलाइनमार्फत सोमबार मस्कको अन्तरिक्ष महत्वकांक्षाको व्यापक आलोचना गरेका छन् ।
यस सम्बन्धमा केही बोल्न गरिएको अनुरोधलाई स्पेस एक्सले कुनै प्रतिक्रिया जनाएको छैन । अहिले झण्डै ३० हजार वटा भूउपग्रह र अन्य भग्नावशेषहरु पृथ्वी वरपर घुमिरहेका छन् । वैज्ञानिकहरुले अन्तरिक्षमा ति चिजहरु आपसमा ठोकिन सक्ने समस्या न्युनीकरणका लागि आवश्यक कदम चाल्न सम्बन्धित मुलुकहरुका सरकारलाई आह्वान गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)