मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको दाबी

karobardaily.com · Tue Jun 14 23:10:25 GMT 2022

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले कागज आपूर्ति हुन नसक्दा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०७९ अन्र्तगत विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पौडेलले कागजको आपूर्ति हुन नसकेका कारण समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको बताएका हुन् । उनले पाठ्यपुस्तक छाप्ने कागज अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने र सो को आपूर्ति हुन नसक्दा छपाइमा ढिलाइ भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)