शैक्षिक अभियन्ता षडानन्दको सालिक अनावरण
ratopati.com · Sun Dec 17 17:11:00 GMT 2023
टक्सार । नेपालमा शिक्षाको ज्योति फिजाउने शैक्षिक अभियन्ता आवाल ब्रह्मचारी बालागुरु षडानन्द अधिकारीको दिङ्लामा सालिक अनावरण गरिएको छ । उनको एक सय ८९औँ जन्मजयन्तीको अवसर पारेर षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा षडानन्दको अर्धकदको सालिक नगर प्रमुख सुरेन्द्रकुमार उदासले अनावरण गरे ।
नगरप्रमुख उदासले देशको शैक्षिक उन्नयनमा षडानन्द अधिकारीले निर्वाह गरेको अतुलनीय भूमिकाको सराहना गर्दै शिक्षाका साथै धार्मिक एवं समाज सुधारमा उनले गर्नुभएको योगदानको आम नेपालीले सधैँ सम्झिरहने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)