युवा स्ट्राइकर ग्रिनउडको गोलमा युनाइटेडको कीर्तिमानी जित
baahrakhari.com · Sun Aug 29 17:53:00 GMT 2021
काठमाडौं । मासन ग्रिनउडले निर्धारित सयम सकिन ९ मिनेट बाँकी हुँदा गरेको गोलमा युनाइटेडले आइतबार राति इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनलाई १–० ले हराएको छ । लिगमा युनाइटेडको यो दोस्रो जित हो ।
जितसँगै प्रशिक्षकका रूपमा ओले गनर सोल्सायरको एक सयौँ खेल सुखद बनेको छ । युनाइटेड प्रिमियर लिगमा पछिल्लो २८ अवे खेलमा अपराजित छ । जुन प्रिमियर लिग इतिहासमा अवे खेलमा सबभन्दा लामो अपराजित यात्रा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)