मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दोस्रो प्रिसिजन खेलमा स्कटिश टोली रेन्जर्स माथि म्यानचेस्टर युनाइटेडकाे जित

barnanmedia.com · Sat Jul 20 22:05:44 UTC 2024

युरोपियन फुटबल सिजन सुरु हुनुअघिको आफ्नो दोस्रो प्रिसिजन खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

ग्लासगोमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्कटिश टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो ।युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले एक-एक गोल गरेका हुन् ।३९औं मिनेटमा बक्सको दायाँभागबाट उत्कृष्ट फिनिश सहित डियालोले सुरुवाती गोल गरेका थिए । हुगिलले ७०औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।युनाइटेडका लागि केही युवा खेलाडी सहित नियमित खेलाडीहरु गोलकिपर आन्द्रे ओनाना, एरन वान विसाका, कासेमिरो, मेसन माउन्ट, जेडन साँन्चो लगायत सुरुवाती रोजाईमा रहेर खेलेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)