मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमै सबैभन्दा कम बेरुजु दार्मा गाउँपालिकामा, त्रिवेणी दोस्रो

gorkhapatraonline.com · Thu May 21 00:46:23 GMT 2026

कर्णाली प्रदेशका स्थानीय तहमध्ये सल्यानको दार्मा गाउँपालिका सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । यस्तै, दोस्रो कम बेरुजु हुने पालिका पनि सल्यानकै त्रिवेणी गाउँपालिका बनेको छ ।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा दार्मा गाउँपालिकाको एक अर्ब दुई करोड २१ लाख ५२ हजार रुपियाँ लेखापरीक्षण रकममध्ये २५ लाख १७ हजार रुपियाँ बेरुजु कायम भएको छ । यो कुल लेखापरीक्षण रकमको ०.२५ प्रतिशत हो, जुन कर्णाली प्रदेशमै सबैभन्दा कम बेरुजु दर हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)