मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मौसम पूर्वानुमानः अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना,  तुवालोले भिजिविलिटी कम हुनसक्ने

aarthiknews.com · Fri Nov 19 00:36:00 GMT 2021

काठमाडौं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भागहरुमा वदली भै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ । सो प्रणालीको प्रभावले देशका अधिकांश भू(भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली भई बांकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ। शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भागहरू आंशिकदेखि सामान्य बदली रहने छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)