कृष्णपुरका विद्यालय चार दिन बन्द रहने
ekagaj.com · Mon Jan 09 15:38:48 GMT 2023
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।
नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्वारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो बिदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरूमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)