मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्यबमोजिम राजस्व संकलनमा लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

lokaantar.com · Sun Jan 01 23:05:02 GMT 2023

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको लक्ष्यबमोजिमको राजस्व संकलनकमा लाग्न मातहत निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सवै कार्यालयका प्रमुख एवम् कर्मचारीहरुलाई आइतबार उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले राजस्वको लक्ष्य र संकलनको अन्तर ठूलो रहेको हुंदा लक्ष्यबमोजिमको राजस्व संकलन गर्न राजस्व प्रशासनमा कार्यरत सबैको साझा प्रतिवद्धताका लागि लाग्न उनले आग्रह गरे । सबैले आ–आफ्नो परिभाषित जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ उनले भने, ‘आजैदेखि दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार आउनुपर्छ, हालसम्मको राजस्वको न्यूनता पूरागरी लक्ष्यअनुसार राजस्व संकलन गर्न सोही बमोजिमको कार्ययोजना तयार गरी कार्य सम्पादन गर्नुस् ।’

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)