इराकी सैन्य कारबाहीमा आइएसका १४ लडाकू मारिए
barnanmedia.com · Fri Aug 30 21:53:35 UTC 2024

पश्चिमी इराकी प्रान्त अनबरको मरुभूमिमा भएको सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइएस) का १४ लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ ।
दुई महिनाको अनुगमनका आधारमा सेनाले बिहीबार बिहान ४ बजे आइएसका लडाकूहरू लुकेका ठाउँहरूमा हवाई हमला गरेको थियो ।हवाई आक्रमण र झडपका क्रममा कस्ल १४ आइएस लडाकू मारिएको सेनाले विज्ञप्तिमा भनेको छ । यसमध्ये केहीले विस्फोटक बेल्ट लगाएका थिए र हाते ग्रिनेड बोकेका थिए । गुप्तचरहरूले थपे कि मारिनेहरूमा महत्त्वपूर्ण आइएस नेताहरू पनि रहेका थपेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)