सुरक्षित बासस्थान माग्दै बादी समुदाय
rajdhanidaily.com · Mon Mar 18 23:27:49 GMT 2024
दैलेख । दैलेखका बादी समुदायले सरकारलाई सुरक्षित स्थानमा बासको व्यवस्था गर्न माग गरेका छन् । दैलेख सदरमुकाम समेत रहेको नारायण नगरपालिका–१ स्थित नमूना बस्तीमा बसोबास गर्दै आएका बादी समुदायले आफुहरुलाई सुरक्षित स्थानमा बसोबासकोे व्यवस्थापन गरिदिन माग गरेका हुन् ।
वर्षेनी पर्ने अबिरल वर्षाका कारण बाढीले घरबारविहीन भई विचल्लीमा पर्ने अवस्था रहेको भन्दै यथाशीघ्र सुरक्षित बासस्थानको ब्यवस्थापन गर्न स्थानीय सरकार,पदेश, संघ सरकारलाई नमुना बास्तीका कमला बादीले आग्रह गरिन्। उनले अहिलेसम्म बादी समुदायको लागी बस्नको लागि भनेजस्तो जग्गा नै नपाएकोे गुनासो गरिन्।उनले शिक्षा, स्वास्थ्य, रोजगारी त परैको कुरा भएको भन्दै आफूहरु गास, बास र कपासबाट समेत बंञ्चित हुनुपरेको समेत राजधानीलाई जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)