नेपाल प्रहरी र सशस्त्रका ३ डीआईजीसहित १०८ जना आजदेखि अवकाशमा
barnanmedia.com · Fri Aug 30 22:04:41 UTC 2024

सरकारको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले अन्तरिम आदेश खारेज गरेपछि तत्कालका लागि दुवै सुरक्षा संगठनमा देखिएको ३० वर्षे सेवा अवधीको विवाद टुङ्गिएको छ । ठुलो संख्यामा एकैपटक अवकाशमा जानुपर्ने भएपछि डीआईजीसहितका उच्च प्रहरी अधिकृतहरू सर्वोच्च गएका हुन् ।
भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश शुक्रबार खारेज भएसँगै आज (शनिबार) देखि १०८ जना उच्च प्रहरी अधिकृतहरू अवकाश हुँदैछन् । उनीहरू २०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेका थिए । १०५ टोली भनेर चिनिने उनीहरू ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश हुन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)