आइसिसी सदस्य मङ्गोलियामा पुटिन पक्राउ पर्न सक्ने चिन्ता नलिएको क्रेमलिनको भनाइ
barnanmedia.com · Fri Aug 30 22:14:20 UTC 2024

मङ्गोलियाले आगामी साता सो मुलुकको भ्रमणमा जान लाग्नुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न सक्छ भन्नेमा कुनै चिन्ता नलिएको क्रेमलिनले शुक्रबार बताएको छ ।
मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को सदस्य राष्ट्र हो र आइसिसीले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको छ । हेगस्थित आइसिसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिन मङ्गलबार आइसिसी सदस्यको पहिलो भ्रमणमा मङ्गोलिया जानुहुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)