सर्पले टोकेका बिरामीको ज्यान बचाउँदै चारआली सर्पदंश उपचार केन्द्र
himalpress.com · Thu May 21 01:01:11 GMT 2026

झापा- झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ। गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन्। यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन्।
नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो। विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा सर्पदंशका घटना हुँदा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन्। केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)