भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु
ratopati.com
भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।
मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ सोमबार असाम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको थियो । उक्त झडपमा फायरिङ समेत भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)