मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै

ratopati.com · Fri Jun 05 05:10:15 GMT 2026

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङ आगामी साता उत्तर कोरियाको दुर्लभ राजकीय भ्रमणमा जाने भएका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सीले आगामी सोमबारदेखि दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नेछन् । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले पनि भ्रमणको पुष्टि गरेको छ ।

सन् २०१९ पछि सीको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । यसलाई बेइजिङ र प्योङयाङबिचको ऐतिहासिक तर कहिलेकाहीँ जटिल सम्बन्धलाई थप मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ । यो सन् २०२६ मा सीको पहिलो विदेश भ्रमण पनि हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)