चुरे संकटः नीति र व्यवहारबिचको गहिरो अन्तरविरोध
gorkhapatraonline.com · Fri Jun 05 05:09:59 GMT 2026

नेपालको भूभागको अत्यन्तै संवेदनशील क्षेत्र मानिने चुरे पर्यावरण केवल आन्तरिक सीमाभित्र सीमित भूगोल मात्र नभई समग्र दक्षिण एसियाकै जलशास्त्रीय र भू–पारिस्थितिकीय सन्तुलनको प्रमुख मेरुदण्ड हो । नेपालको दक्षिणी समथर तराई क्षेत्र तथा छिमेकी मुलुक भारतको विशाल गङ्गा मैदानका लागि जमिनमुनिको पानीको प्राकृतिक पुनर्भरण क्षेत्रका रूपमा रहेको चुरे शृङ्खलाले यस क्षेत्रका करोडौँ मानिसको खानेपानी, सिँचाइ र जल सुरक्षा सुनिश्चित गर्दै जैविक विविधताको संरक्षण गरिरहेको छ ।
तर हरेक वर्ष विश्व वातावरण दिवसका अवसरमा तय गरिने ‘जलवायु–मैत्री एवं प्रकृति–मैत्री विकास’ का आकर्षक नीतिगत नाराहरू व्यवहारमा भने कार्यान्वयन हुन सकेका छैनन् । स्थानीय तहहरूको आन्तरिक स्रोत व्यवस्थापनको दबाब र संरक्षणमुखी दीर्घदृष्टिको अभावका कारण चुरे क्षेत्रमा नदीजन्य ढुङ्गा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)