मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विश्वमै दुर्लभ डङ्गर गिद्धका कञ्चनपुरमा एक सय चौध गुँड, संरक्षणकर्मी उत्साहित

barnanmedia.com · Fri Aug 30 23:24:07 UTC 2024

काठमाडौँ, १५ भदौ : विश्वमै दुर्लभ अति सङ्कटापन्न डङ्गर गिद्धले गुँड लगाउन थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै त्यसको आसपासको क्षेत्रमा डङ्गर प्रजातिका गिद्धले गुँड लगाउन थालेका हुन् ।

निकुञ्जसँगै त्यसको आसपासका क्षेत्रमा डङ्गर प्रजातिका गिद्धका एक सय १४ गुँड रहेको नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) का चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार डङ्गर प्रजातिका गिद्धको निकुञ्जको भतपुरीफाँटामा ८२, तारापुरमा १७, निकुञ्ज बाहिरको बन्साहमा छ, पर्सियामा आठ कञ्जमा एकवटा गुँड लगाएको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)