घरमा विजुली जोडिएको छैन, तर महसुल तिर्दै वैतडीका दोराबासी
kendrabindu.com · Fri Jun 05 05:11:33 GMT 2026

बैतडी । बैतडीको सूर्नया गाउँपालिका–८ दोराका बासिन्दाले बिजुली प्रयोग नगरीकनै दुई वर्षदेखि महशुल तिर्दै आएका छन् । विद्युतको मिटर किनेर घरमा थन्क्याएर राखेका दोरा गाउँका ५१ घरधुरीले न्यूनतम महशुल निरन्तर तिरिरहेका छन् ।
गाउँमा विद्युत लाइन विस्तारको काम सुरु भएपछि मिटर जडानका लागि वडा कार्यालयसँग स्थानीयले बजेट माग गरेका थिए । स्थानीयको माग अनुसार वडा कार्यालयले ढोले र दोरा टोलका ३ सय २२ घरधुरीका लागि अनुदानमा विद्युत मिटर उपलब्ध गराएको थियो । तीमध्ये दोराका ५१ घरधुरीमा विद्युत लाइन विस्तार नहुँदा जडान नगरिकनै विद्युत मिटर घरमा राख्नु परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)