‘अनौपचारिक क्षेत्रका श्रमिकको समस्या सूक्ष्म रूपमा बुझ्न आवश्यक’
abhiyandaily.com
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई गहन ढंगले अध्ययन गर्न आवश्यक रहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका थुप्रै समस्या भएकाले त्यसलाई सूक्ष्म तरीकाले पहिचान गर्न आवश्यक रहेको औंल्याएका हुन् ।
श्रम सबैसँग सम्बन्धित विषय भएकाले श्रमिकका समस्यालाई राम्रोसँग बुझ्ने र समाधानका लागि सम्बन्धित सरोकारवाला निकायले पहल गर्नुपर्नेमा उनले जोड दिए । ‘श्रम सबैले गर्छन् । कसैले ढुंगा, माटो नछोई आरामको श्रम गर्छन् त, कसैले ढुंगा माटोमा लडीबुडी गरेर पनि कडा श्रम गर्छन्,’ उनले भने, ‘तिनै कडा श्रम गर्नेलाई महत्त्व दिइएको छैन । जसले अनौपचारिक क्षेत्रमा कडा श्रम गरिरहेका छन्, उनीहरूको उचित मूल्यांकन गरिनुपर्दछ । उनीहरूलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएर न्याय दिनेतर्फ सबैको ध्यान जान आवश्यक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)