मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

करण केसी नायक बनेपछि स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

annapurnapost.com · Mon Jun 02 18:08:52 GMT 2025

काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो शृंखलाअन्तर्गतको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक १ विकेटको जित निकालेको छ। स्कटल्यान्डले दिएको २९७ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले ४९.५ ओभरमा १९७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो।

अन्तिम ५ बलमा नेपाललाई जितका लागि ७ रन चाहिएको अवस्थामा अन्तिम ओभरको पहिलो बलमा सन्दिप लामिछाने क्याच आउट भए। अन्तिम विकेटको रुपमा रिजन ढकाल थिए। अन्तिम ओभरको दोस्रो बल वाइड भयो। अन्तिम ओभरको अन्तिम बलमा नेपाललाई जितको लागि १ रन चाहिएको अवस्थामा क्रिजमा थिए करण केसी। अन्तिम बल वाइड फालेपछि नेपालले जित निकालेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)