बीओकेका ग्राहकलाई ह्यासट्याग फुड तथा बारमा छूट
abhiyandaily.com
काठमाडौं (अस) । ह्यासट्याग फुड तथा बारमा बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकलाई छूट दिइने भएको छ । ग्राहकलाई छूट दिने उद्देश्यले दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट दिइने बैंकले जानकारी दिएको छ । सम्झौतासँगै एयरपोर्ट विराटनरगमा रहेको ह्यासट्याग फुड तथा बारमा उपलब्ध हुने सेवामा ग्राहकले छूट पाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)