नागरिकता विधेयक प्रकरण : रणनीति बनाउँदै गठबन्धन
annapurnapost.com · Wed Sep 21 01:06:00 GMT 2022
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्ता गठबन्धनमा छलफल चलेको छ। गठबन्धनको मंगलबारको बैठक विधेयकमा राष्ट्रपति भण्डारीको भूमिकाप्रति केन्द्रित भएको हो। राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको विषयमा बुधबार फेरि छलफल हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘राष्ट्रपतिले संविधानतः प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुनेछ भन्ने विश्वासकै विषयमा छलफल भएको छ’, मन्त्री कार्कीले भनेका थिए, ‘राष्ट्रपति संविधानविपरीत जानुहुन्न भन्ने विश्वास छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)