मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

ratopati.com · Mon Jun 02 19:46:00 GMT 2025

पाल्पा। सदरमुकाम तानसेनमा महिलाका लागि मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । कलाकारको छाता सङ्गठन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले एकहप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।

महिलालाई वाद्यवादनको सीप सिकाएर कला, संस्कृतिको संरक्षण गर्दै आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यले मादल बजाउने तालिम सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले बताए । “मादल बजाउने सीप परम्परागत भए पनि आधुनिक गीत, सङ्गीत र उपकरणका कारण नयाँ पुस्ताले भुलिसकेका छन्”, उनले भने, “मौलिक कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरेका हौँ । यसले कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन हुनुका साथै स्वरोजगारका अवसर सिर्जना हुने विश्वास लिएका छौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)