‘बौद्धिक जमघटले सहर चिनायो’
ekantipur.com · Fri Mar 04 01:40:01 GMT 2022
धनुषा — जनकपुर साहित्य महोत्सवको तेस्रो संस्करण बिहीबारदेखि जानकी मन्दिर परिसरमा सुरु भएको छ । उद्घाटन सत्रलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्सवले बौद्धिक जमघट गराएको बताए ।
‘साहित्य महोत्सवमार्फत जनकपुर र मधेस प्रदेशलाई चिनाउने काम भएको छ,’ मुख्यमन्त्री राउतले भने, ‘महोत्सवले भाषा, संस्कृति र साहित्यलाई संसारमा चिनाएको छ ।’ महोत्सवले सामाजिक, राजनीतिक र जातजातिको उत्थानका लागि बहस गर्ने थलो बनेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)