कृषिमा आधुनिकीकरणको आवश्यकता
rajdhanidaily.com · Mon Jan 29 23:31:38 GMT 2024
मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय कृषि हो । नेपालको झन्डै दुई तिहाइ जनता आजसम्म पनि यही व्यवसायमा आश्रित छन् । यहाँको कुल गार्हस्थ्य उत्पादनमा सो व्यवसायको योगदान अन्दाजी २७ प्रतिशत छ भने आर्थिक वृद्धिदरमा ३२ प्रतिशत छ । यहाँ झन्डै २३ दशमलव ५ प्रतिशतको रोजगारी पनि सो व्यवसायले दिएको छ । तर, केही वर्षयता विभिन्न कारणले गर्दा यहाँको कुल गार्हस्थ्य उत्पादनमा सो व्यवसायको योगदान क्रमशः घट्दै छ । कृषिमा आधुनिकीकरण गर्नसके भविष्यमा यसमा सुधार हुने सम्भावना छ ।
आज विश्वभरि जनसंख्या वृद्धि भइ ८ अर्ब नाघेको छ । यस जनभारलाई भरणपोषण गर्नका लागि कृषि विकासबाहेक अर्को विकल्प छैन । यसका लागि कुनै जमिनमा कस्तो किसिमको माटो छ, सो जाँचेर मात्र कृषि कर्म गर्न उपयुक्त हुनेछ । यसो गर्नसकेमा कुनै पनि कृषि उत्पादन अपेक्षा गरेअनुरूप वृद्धि गर्न सकिन्छ । सर्वप्रथम त प्रत्येक कृषकलाई खाद्यान्न बाली, तरकारी बाली, फलफूल बाली र अन्य बालीहरूका लागि कस्तो किसिमको माटोको आवश्यकता हुन्छ, सोको जानकारी हुनुपर्छ । त्यसपछि उपयुक्त माटोमा उपयुक्त बालीको खेती गरेमा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन सकिन्छ । जसबाट कुनै पनि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)