डोल्पामा बाढीमा परी एक जनाको मृत्यु, १० वटा घरमा क्षति
nepalviews.com · Sun Jul 05 06:36:33 GMT 2026

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकामा गए राति आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार जगदुल्ला ५, गैरीगाउँस्थित धुलाखोला इलाकामा भएको भारी वर्षाका कारण बिहान करिब ३ बजे आएको बाढीले ८–१० वटा घरमा क्षति पुर्याएको थियो ।
नेपाली सेना, संग्राम शार्दूल गुल्मबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहकार्यमा खोज तथा उद्धार कार्य गरिरहेको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)