मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

ratopati.com · Mon Jun 02 21:05:00 GMT 2025

काठमाडौँ। निजामती कर्मचारी अस्पतालले पहिलो पटक ‘कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सुरु गरेको छ ।

आज यहाँ अस्पतालमा आयोजित कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले उक्त प्रविधिको उपचार सेवा उद्घाटन गरे । उनले नयाँ प्रविधिबाट सुरु गरिएको यस सेवाले बिरामीलाई सहज हुने विश्वास व्यक्त गरे । “नयाँ प्रविधिबाट घुँडा उपचारको सेवा दिनु निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा हो । यो प्रविधि नेपालका अरु अस्पताल छैन”, मुख्यसचिव अर्यालले भने, “अब अस्पतालले अन्य उपचारकधा लागि पनि नयाँ प्रविधि भित्र्याउनुपर्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)