उद्योग मन्त्रालयमा दोस्रो पटक भण्डारी
ekantipur.com · Wed Mar 06 17:16:30 GMT 2024
काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी नियुक्त भएका छन् । उनलाई एमालेको सिफारिसमा दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिको जिम्मेवारी दिइएको हो ।
भण्डारीले बुधबार नै पदभार ग्रहण गर्दै मन्त्रालयको संरचना परिवर्तन गर्ने निर्णय गरे । त्यसक्रममा उनले तोकिएको जिम्मेवारी कर्मचारीले अनिवार्य पूरा गर्नुपर्ने निर्देशन दिएका थिए । कर्मचारीलाई मन्त्री भण्डारीले भने, 'असफल हुने छुट छैन । केही समस्या भए छलफल गरेर कार्ययोजना बनाउनुपर्छ । र, आफ्नो दायित्व इमान्दारितापूर्वक पूरा गर्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)